दाङ – २ (१) मा काँग्रेसका राजु खनाल विजयी

मङि्सर ०७, २०७९


मङ्सिर ७, दाङ २ (१) मा नेपाली काङ्ग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१) को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत कृपासुर कार्किले जानकारी दिनुभएको छ ।

यस्तै नेकपा एमालेका उम्मेदवार बलिभद्र रानाले १४ हजार ४ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोपाल बेल्बासेले ३ हजार ६ सय ३७ मत प्राप्त गरेकी छन । बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाका ४,१३,१४,१५,१७,१८,१९ पर्दछन् । उक्त क्षेत्रमा ३७ हजार ८६ मतगणना गरिएको थियो । १ हजर ४ सय ८५ मत बदर भएको निर्वाचन अधिकृत कार्किले जानकारी दिनुभयो ।