कर तिर्नु नागरिकको प्रमुख दायित्व हो : प्रजिअ हिरालाल रेग्मी

मङि्सर ०७, २०७९


मसिर ७, दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारि हिरालाल रेग्मीले नागरिकहरुको प्रमुख दायित्व भनेको राज्यलाई कर तिर्नु भएको बताउनु भएको छ ।
एघारौँ राष्ट्रिय कर सप्ताहको समापनका अबसरमा तुलसीपुमा आयोजित कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रजिअ रेग्मीले भन्नुभयो “आफुले तिेरेको करको सदुपयोग भयो भयन त्यस बारेमा निरन्तर चासो राख्नुपर्ने बताउनु भयो । नागरिकले राज्यलाई कर तिरिसकेपछि आफुले प्राप्त गर्ने सेवा सुबिधाका बमरेमा समेत राज्यलाई घचघच्याउनु पनि प्रमुख दायित्व भएको प्रष्ट पार्नुभयो ।
पछिल्लो समय बैक ब्याजदर बृद्दि भए सङ्गै ब्यबसायिहरु निरन्तर आन्दोलनमा रहेको भन्दै राज्यले देशको अर्थ निति सुधार गर्न उचित सम्बोधन गर्नुपर्ने पनि प्रजिअ रेग्मीले बताउनु भयो । आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख टिकाराज चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला उधोग बाणिज्य सङघका अध्यक्ष टंकसिह बुढाथोकि, तुलसीपुर उधोग बाणिज्य सङघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ति, लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । अबसरमा उत्कृष्ट करदाताको रुपमा सम्मानित हुनुभएका अडान नेपालका केन्द्रिय उपाध्यक्ष रमेश केसि, बलदेब योगि, सोगतबिर चौधरि, गेहेन्द्र बस्नेत लगायतकाले बोल्नुभएको थियो ।