चितवनमा रविको रफ्तार : साढे १४ हजार मतको अग्रता

मङि्सर ०७, २०७९     सम्पूर्ण कुरा


चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने अरू उम्मेदवारहरूभन्दा निकै पर पुगेका छन् । जारी मतगणनामा उनको १४ हजारभन्दा बढीको अग्रता छ ।

‘स्लो स्टार्ट’ गरेका रविले मतगणना शहरी क्षेत्रमा प्रवेश गरेसँगै रफ्तार बढाएका थिए । प्राप्त पछिल्लो विवरण अनुसार उनले २५ हजार ६२ मत ल्याएका छन् ।

मुख्य प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको १० हजार ४१० मत छ भने कांग्रेसका उमेश श्रेष्ठले ९ हजार ८ सय २९ मत ल्याएका छन् ।

रवि आफ्ना प्रमुख प्रतिद्वन्द्वीभन्दा १४ हजार ६५२ मतले अगाडि छ । उनको जित सुनिश्चित देखिएको छ ।