दाङ-३ (२) मा माओवादीका धनबहादुर मास्की विजयी

मङि्सर ०८, २०७९


दाङ ८, प्रदेशसभा तर्फ दाङ ३ (२) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन् । मास्कीले २२ हजार ३२१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २० हजार १५८ मत प्राप्त गरेका थिए । माओवादीका मास्कीले एमालेका बस्नेतलाई २१६३ मतान्तरले पराजित गरेका हुन् ।