दाङ-३ (१) मा काङ्ग्रेस डिल्ली बहादुर चौधरी निर्वाचित

मङि्सर ०८, २०७९


मंसिर ८, दाङ क्षेत्र नं.३ (१) मा नेपाली काङ्ग्रेस युवा नेता डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन् । चौधरीले उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेलाई ५ हजार ४ सय मतले पराजित गर्दै प्रदेशसभामा निर्वाचित भएका हुन् । चौधरी लाई गठवन्धन दलको समर्थन थियोे ।

गणना भएको कुल ४० हजार ७ सय ८९ मत मध्ये चौधरीले १९ हजार ८ सय ५० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकमा एमालेका पाण्डेले १४ हजार ४सय ५० मत ल्याएका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित चौधरी लुम्बिनी प्रदेश ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री हुन् ।