राप्ती बबई क्याम्पसलाई आगिंक क्याम्पसका रुपमा बिकास गर्छु : दीपक गिरी

मंसिर ११, राप्ती बबई क्याम्पस तुलसीपुरले क्युएए अवार्ड उत्सब मनाएको छ । आइतवार एक कार्यक्रमका बिच क्युएए अवार्ड उत्सब कार्यक्रमसगै क्याम्पसको ३२ औँ स्थापना दिबश पनि मनाएको छ । उक्त कार्यक्रमको उद्धघाटन गर्दै दाङ क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा क्याम्पसका संस्थापक अध्यक्ष दीपक गिरीले पश्चिम दाङको गौरबको रुपमा स्थापित राप्ती बबई क्याम्पसलाई निकट भविष्यमै आगिंक क्याम्पसका रुपमा बिकास गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, अथक प्रयासले हिजोको कहाली लाग्दो दिनमा स्थापना भएको यस क्याम्पसले आज क्युएए अवार्ड प्राप्त गर्न सफल भएको छ यो निकै नै गर्व गर्न लायक छ ।
पश्चिम दाङलाई शिक्षाको सेवा प्रदान गरिरहेको क्याम्पसमा प्रविधिको समयमा आइटी अत्यन्तै जरुरी रहेको बताउँदै गिरीले छिटो भन्दा छिटो पहल गरेर आइटी भित्रयाउने प्रतिबद्धता जनाउनुभयो । क्याम्पसले गएको कार्तिक ३० गते क्यूएएको प्रमाणपत्र प्राप्त गरेको थियो । देशभरका १४४० क्याम्पसमध्ये यो वर्ष ८२ वटा क्याम्पसले क्यूएए प्राप्त गरेका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा.बिस्नु कुमार देबकोटाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका पुर्ब मेयर घनस्याम पान्डे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । क्याम्पस प्रमुख युबराज रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आनन्दा खत्रीले गर्नुभएको थियो । स्थापना दिवसको अवसरमा क्याम्पसले तुलसीपुर बजारमा प्रभातफेरी कार्यक्रम समेत गरेको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्यमा निर्वाचित दीपक गिरी र प्रदेश सभा सदस्यद्धय डिल्लीबहादुर चौधरी र धनबहादुर मास्कीलाई स्वागत सम्मान गरिएको थियो । साथै क्याम्पसले ३२ औँ स्थापना दिबशका अवसरमा भोली पनि विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।