साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ को टिजर सार्वजनिक
मङि्सर १२, २०७९

साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ । रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्मले प्रेम र बदलाको कथा भन्छ । साम्राज्ञीको पात्रले प्रेमी पुष्पको पात्रलाई लिन चाहेको धोकाको बदलाको कथावस्तुमा फिल्म घुमेको छ । ‘मारुनी’पछि साम्राज्ञी र पुष्पको यो दोस्रो सहकार्य हो । निर्देशक पौडेलले यही फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन् ।
फिल्ममा सरोज खनाल, सन्दीप क्षेत्री, एमिली लामा, दीपिशा केसी र खड्गबहादुर पुनको पनि अभिनय छ । फिल्मको पटकथा सविर श्रेष्ठले लेखेका हुन् । पासाङ लामा, आर्यन पौडेल र अर्नव पौडेलले फिल्म निर्माण गरेका हुन् । यो फिल्म पुस २९ गते देशब्यापी प्रदर्शन तयारीमा छ ।