देउवालाई प्रस्तावक राखेर गगनलाई प्रधानमन्त्री बनाउने परिस्थिति बनाउनुछ : विश्वप्रकाश शर्मा

मंसिर १३, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई प्रस्तावक राखेर अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउने परिस्थिति सिर्जना गर्नुपर्ने बताएका छन् । मंगलबार थापाको निवास पुगेर शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउन प्रस्तावकको रूपमा देउवाको नाम लेख्न सक्ने परिस्थिति बनाउनु आफ्नो जिम्मेवारी भएको बताएका हुन् ।
प्रस्तावकको रूपमा शेरबहादुर देउवाको नाम लेख्न सक्ने परिस्थिति बनाउनु मेरो जिम्मेवारी हुन्छ । रामचन्द्र पौडेलको नाम लेख्न बनाउनु हाम्रो कर्तव्य हुन्छ, उनले भने, कतिपयले बहुमत पुग्छन् भनेर मलाई भन्नुहुन्छ । बहुमत भन्नेकुरा प्राविधिक कुरा हुनसक्छ । विवेक भन्ने कुरा समयलाई बुझेर विश्लेषण गर्नुपर्ने कुरा हुन्छ । यदी शीर्ष नेताहरू सर्वसहमतिमा पुर्याउन नसकेमा भने आफैं प्रस्तावक बन्ने उनले बताए ।
झापा प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट नवनिर्वाचित उनी मंगलबार मात्रै काठमाडौं आइपुगेका हुन् । उनी काठमाडौं आएपछि गगन थापाको रातोपुलस्थित निवासमा पुगेर बधाई दिएका थिए । उनले त्यहाँ पुगेर बधाई दिन मात्रै नभई प्रधानमन्त्री बनाउने अभियान सुरू गर्न समेत आएको बताए ।