मेला-महोत्सवको विरोधमा तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी

मङि्सर १५, २०७९


मंसिर १५, आजबाट तुलसीपुरमा सञ्चालन भएको मेला–महोत्सवको विरोधमा तुलसीपुर उद्योग बाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । आज बिहान ११ बजेतिर तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दी गरेपछि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल सहितका केही कर्मचारीहरु कार्यालय भित्रै थुनिएका थिए । युथ्स अफ तुलसीपुरले आज देखि मंसिर २६ गतेसम्म हात्ति खौवामा महोत्सव सञ्चालनमा ल्याएको छ ।

मेलाको विरोधमा उद्योग वाणिज्य सघंले हिजो बुधबार देखी नै तुलसीपुर बजार बन्द गराएको छ । सघंका अध्यक्ष रामप्रसाद चालिसेले यो समय मेला महोत्सव लगाउन उपयुक्त नभएकोले यसलाई बन्द गराउन आम व्यवसायीहरु बिरोधमा उत्रिएको बताए । उनले महोत्सव स्थलका सबै सामाग्रीहरु नउठाएसम्म आफुहरुको आन्दोलन जारी रहने बताए ।