सामाजिक परीबर्तन भए मात्र सहकारीहरुको उदेश्य पुरा हुने दंगीशरण उपाध्यक्ष खड्का

मङि्सर १६, २०७९


मङ्सिर १६, प्रमोद आचार्य । गोल्टाकुरी महिला साना किसान सहकारी सस्थाको १० औ बार्षिक साधारण सभा दंगीशरण २ को मधपुरमा सम्पन्न भएको छ । महिलाहरुले मात्रै करोडौको कारोबार गरीरहेको गोल्टाकुरी सानाकिसान सहकारी सस्थाले अहिले सरदर ५ करोड बराबरको कारोबार गर्दै ब्याज बाट बार्षिक ५७ लाख ७१ हजार २ सय आठ रुपैया आम्दानि गरेको सस्थाका अध्यक्ष मिरा चौधरीले बताउनुभयो । आज एक भब्य कार्यक्रमको आयोजना गरी सस्थाले आफ्नो १० औ साधारण सभा मनाएको छ । साधारण सभाको अबसरमा सस्थाले उत्कृष्ट कार्य गर्ने ब्यक्ति तथा समुहरुलाइ सम्मान समेत गरेको छ । जस अन्तर्गत उत्कृष्ट बाल बचत तर्फ अनमोल केसी, जेस्ठ नागरीक तर्फ जुग्री चौधरी, उत्कृष्ट कृषक तर्फ मोतीकला बिक,उत्कृष्ट पशुपालक तर्फ डम्बर बिक र उत्कृष्ट समुह अन्तर्गत वडा नं.६ को अन्तर समुहलाइ दोसल्ला तथा प्रमाण पत्रले सम्मान गरेको छ । २०६९ साल देखी सुरु गरेको सस्थामा अहिले ६ सय दुइ जना सेर सदस्य रहेको र मासिक ५०० का दरले बचत गर्दै आएको सस्थाका उपाध्यक्ष सिता डाङीले बताउनुभयो ।कार्यक्रममा प्रमुख अथितिको आसन बाट बोल्दै दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा वलि खड्काले बचतलाइ बचतको रुपमा मात्र नलगी बचतलाइ उत्पादन मुखि र सिपमुलक र आयाअर्जनको बाटो तर्फ रुपान्तरण गर्न सके मात्र समाज परीबर्तन हुने बताउनुभयो ।सस्थाको प्रगती मात्र भन्दापनि सेर सदस्यहरुको सामजिक तथा अवस्था परीबर्तन हुन आबस्यक रहेको बताउनुभयो ।एस्तै बिशिस्ट अथिती वडा नं.१ का वडा अध्यक्ष रमेश भण्डारीले महिलाहरूले चलाएको यती ठुलो महिला साना किसान सहकारीको आर्थिक र बार्षिक गतीबिधि सुनेर खुसि ब्यक्त गर्नुभयो । सहकारीलाइ आबस्यक पर्दा जस्तोसुकै परीस्थितीमा पनि आफु सधै सकारात्मक रहेको र आफु बाट हुने कुनै पनि सहयो गर्न आफु तयार हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अर्का बक्ता वड नं.२ का वडा अध्यक्ष डम्बर बहादुर खत्रीले प्रगती भन्दापनि परीबर्तन आबस्यक रहेको बताउनुभयो । यस्तै उरहरी साना किसानकि प्रबन्धक रामकलि सर्माले गरीबि न्यूनीकरण गर्न लघुबित्तका माध्यमबाट अगाडी बढेको बताउनुभयो समाजमा पछाडि परेका बर्ग समुहहरुको उन्नति र उत्थान गर्न पनि सानाकिसानहरुले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । सस्थाका शभापती मिरा चौधरीको शभापतीत्व, गाउँपालिका उपाध्यक्ष पिमा खड्काको प्रमुख आथित्यता, वडा नं.१ का वडा अध्यक्ष रमेश भण्डारी, वडा नं.२ का वडा अध्यक्ष डम्बरबहादुर खत्रीको बिशिस्ट आथित्यतामा सम्पन्न भएको बार्षिक साधरण सभामा लेखा प्रबन्धक गिता पौडेलले आर्थिक प्रतीबेदन र बार्षिक गतीबिधि सस्थाका प्रबन्धक शुसिला पाण्डेले प्रस्तुत गर्नुभएको थियो । सस्थाका उपाध्यक्ष सिता डाङीको स्वास्गत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सस्थाका सहायक प्रबन्धक सुमन चौधरीले गर्नुभएको थियो ।