महिला श्रमिकको पहिचान र सम्मान बिषयक परामर्श गोष्ठी दंगीशरणमा सम्पन्न

पुष ०५, २०७९


पौष ५, प्रमोद आचार्य । सरकारले बाध्यकारी निति नबनाउदा सम्म महिला श्रमिकको हक र सम्मान हुन नसक्ने महिला अधिकारकर्मिको भनाइ । महिला श्रमको पहिचान मान्यता र सम्मान बिषयक पालिका स्तरीय परामर्श गोष्ठी दंगीशरण गाउँपालिकाको शभाहलमा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा महिला पुनःस्थापना केन्द्र ओरेकको सहकार्यमा दाङ जिल्लाक १० वटै स्थानिय तहका उपप्रमुख महिला अधिकारकर्मि सहित सरोकारवालाहरुलाइ एउटै थलोमा राखेर गोष्ठीको आयोजना गरीएको ओरेककि दाङ्ग जिल्ला सयोजक इस्वरा थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा महिला अधिकार र महिलाको हकका लागी उठाएका सवालहरुलाइ बुलन्दका साथ सारिनुपर्ने सहभागीहरुले बताएकाछन । महिलामाथि हुने बिभेद,र श्रमको उचित पहिचान गरी महिला माथि हुने बिभेदको अन्त्य गरीनु पर्ने बताएकाछन । कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले आफु महिलाहरूको सवालमा सदैब सकारात्मक रहेको र हरेक कुरामा महिलालाइ महत्त्वका साथ सहभागीता बनाएको बताउनुभयो । एस्तै अध्यक्ष गिरीले आफ्नो पालिका भित्र कहि कतै महिला माथि बिभेद असमान व्यबहार र महिला श्रमिक माथि असमान ज्याला आदि केहि भए आफुलाइ जानकारी गराउन आग्रह गर्नुभयो ।

बङलाचुलि गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसीले अझै पनि समाजमा जरो गाडेर बसेको रुढिबादि सोच र चिन्तनका कारण पनी महिला माथि हुने बिभेदको अन्त्य हुन नसकेको बताउनुभयो । दंगीशरण गाउँपालिका वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीले महिलाहरूलाइ सम्मान गर्न पहिले घर बाटै शुरुवात गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्ने अधिकान्स महिला अधिकारकर्मिहरुले सरकारले बाध्यकारी निति नबनाउदा सम्म महिला श्रमिकको हक र सम्मान हुन नसक्ने बताएकाछन ।

कार्यक्रममा दंगीशरण गाउँपालिकाका सुचना अधिकृत टेक बहादुर खत्री ,महिला संजाल रक्षक दाङका शुस्मा गिरी, सान्तीनगर उपाध्यक्ष प्रेमा केसी, गढवाकि उपाध्यक्ष शारदा चौधरी, राजपुरकि उपाध्यक्ष धनपती यादब लगायतले आ आफ्नो भनाइ राख्नुभएको थियो । दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको शभापतीत्व तथा तुलसिपुर उपमहानगरपालिकाका उप प्रमुख स्यानि चौधरीको प्रमुख आथित्यमा भएको गोष्ठीको सहजीकरण दंगीशरण गाउँपालिकाका महिला बाल बालिका शाखाकि सहायक निरीक्षक चन्द्रा वलिले गर्नुभएको थियो ।