‘कबड्डी ५’ मा उही कलाकार, कथामा नयाँ च्याप्टरको सुरुवात

फागुन १४, २०७९


निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘कबड्डी ४’ ले बक्स अफिसमा धमाका नै मच्चायो । यो फिल्मले बक्स अफिसमा सबै रेकर्ड तोड्दै २२ करोडको ग्रस कलेक्शन गर्यो । नेपाली फिल्मको इतिहासमै सर्वाधिक व्यापार गर्ने फिल्म बनेसँगै रामबाबुले चौथो सिरिजलाई नै ‘कबड्डी’को अन्तिम च्याप्टर बताएका थिए । तर, रामबाबु र निर्माता मणिराम पोख्रेलको पैसा छाप्ने मेसिन बनेको ‘कबड्डी’ ब्रान्डलाई उनीहरुले छाड्ने कुरै थिएन ।

निर्माणपक्षले चाडै नै ‘कबड्डी ५’को घोषणा गर्दैछ । यो फिल्ममा पनि ‘कबड्डी’ सिरिजका मुख्य कलाकारहरु दयाहाङ राई, वुद्दि तामाङ र बिजय बराल नै मुख्य कलाकार हुनेछन् । तर, यसपटक भने नयाँ कथाको सुरुवात गर्ने तयारी रामबाबुको छ । चौथो सिरिजमा दयाहाङको बिहे गराएपछि च्याप्टर सकिएको थियो । अब, पाँचौ श्रृङ्खलाका लागि भने नयाँ कथा भन्ने तयारी रामबाबुको छ । उनीहरुले ‘कबड्डी ५’ लाई ‘उही कलाकार तर नयाँ च्याप्टरको सुरुवात’ को रुपमा ब्याख्या गर्ने तयारी समेत गरेका छन् ।