दयाहाङको जोडी सुरक्षासँग फिल्म ‘कार्साङ’ मा

साउन १६, २०८०


दयाहाङ राईको आगामी फिल्म ‘कार्साङ’ मा अभिनेत्री सुरक्षा पन्त पनि जोडिएकी छन् । फिल्ममा दयाहाङसँग सुरक्षाले अनस्क्रिन रोमान्स गर्ने भएकी हुन् । फिल्ममा यसअघि दयाहाङ सहित बुद्धि तामाङ र डान्सिङ स्टार्स नेपाल फेम्ड डान्सर छिरिङ शेर्पा अनुबन्धित भइसकेका छन् । फिल्मको अर्को एक प्रमुख नायिकाका लागि अन्य दुई अभिनेत्रीसँग छलफल चलिरहेको जनाइएको छ । अरु बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने भएको छ । शेर्पा समुदायको कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा कलाकारको लाइनअप बलियो देखिएको छ ।

यम शेर्पाको निर्देशकीय डेब्यु फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । शेर्पाले यसअघि छोटा फिल्मको निर्देशन गरेका छन् ।पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । तिहार लगतै छायांकन गरिने यो फिल्मलाई सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा छायांकन गरिने भएको छ । फिल्म ‘कार्साङ’ को ओभरसिज राइट्स पनि बिक्री भएको जनाइएको छ ।