प्रभाकर मेमोरियल क्रिकेटको उपाधि ज्ञान ज्योति स्कुललाई

जेठ २३, २०८१


दाङ २३, ज्ञान ज्याेति एजुकेसन फाउन्डेसन द्वारा सञ्चालित ज्ञान ज्योति माध्यमिक विद्यालय तुलसीपुर दाङले दोस्रो संस्करणको प्रभाकर मेमोरियल इन्टरस्कुल क्रिकेट टुर्नामेन्ट २०८१ को उपाधि जितेको छ ।

टस जितेर ब्याटिङमा उत्रिएको ज्ञान ज्योतिले २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रनको विशाल योगफल तयार पारिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको गाेरखाले ९ ओभरमा ३३ रन बनाएर अलाउड भएको थियो । १३९ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो संस्करण क्रिकेट प्रतियोगिताको उपाधि ज्ञान ज्याेतिले जितेको हो । प्रतियोगितामा ज्ञान ज्योतिका क्याप्टेन गोपाल केसीले ६ विकेट लिए भने मन्दिप बिकले २ विकेट हात पारेका थिए ।

विजेता टोली ज्ञान ज्योतिले नगद ४० हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो । दाङ जिल्लामा रहेका ११ वटा विद्यालयहरू उक्त टुर्नामेन्टमा सहभागी भएका थिए । ज्ञान ज्योति माध्यमिक विद्यालय तुल्सीपुर दाङ उक्त टुर्नामेन्टको साविक विजेता टाेलि हो ।