लायन्स र लियो क्लब दाङको अध्यक्षमा क्रमश गोरख वली र सत्य नारायण चौधरी चयन
लायन्स क्लब अफ दाङ र लियो क्लव अफ दाङको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । शनिबार कार्यक्रमको आयोजना गरी नव निर्वाचित लायन्स र लियो पदाधिकारीहरूलाई पद हस्तान्तरण तथा सपथ कार्यक्रम सम्पन्न भएको हो ।
लायन्स क्लब अफ दाङमा वर्ष २०२४/२०२५ का लागि अध्यक्ष गोरख वली र लियो क्लब अफ दाङ तुलसीपुरको अध्यक्षमा सत्य नारायण चौधरीको चयन हुनु भएको छ । डिस्ट्रिक ३२५ एन का गभर्नर पिएमजेएफ लायन बिनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा लायन्सका पूर्व अध्यक्ष लालितजंग शाह, तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्ण विक्रम डाँगी, लियोका संस्थापक अध्यक्ष ध्रुवराज न्यौपाने , डिलाइट ग्रुपका सिइयो मोहन भण्डारी लगायतकाले समाजमा शिक्षा , स्वासथ्य, वातावरण र अन्य प्राकृतिक प्रकोपमा उत्कृष्ट कार्य गर्दै अगाडि बढेको बताउनु भयो। कार्यक्रको स्वागत मन्तव्य लायन्स का पूर्व अध्यक्ष भोजराज न्यौपानेले गर्नु भएको कार्यक्रमको सहजिकरण सचिव कोमल डिसी ले गर्नु भयको थियो।
यसै बीच मानव जीवन र बाताबरण संरक्षणको हित र पत्रकारिताको उच्च मूल्याङ्कन गरी प्रभात भण्डारी र टेकराज भण्डारी लाई सम्मान गरिएको थियो।