कोशी ब्यारेजका ४१ ढोका खोलिए
असार २४, २०८१
निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको कहाव निरन्तर बढिरहेको छ । कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार आइतबार बिहान ६ बजे ब्यारेज भएर ३ लाख ४२ हजार ६५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको छ ।पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएको छ । सप्तकोशी नदीमा अझै बहाव बढ्न सक्ने भएकाले नदी आसपासका बस्तीमा सर्तकता अपनाउन सूचना जारी गरिएको छ ।