दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल हुने
दाङको तुलसिपुरमा दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ ।
फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुर दाङको आयोजनामा अरनिको मैदान तुलसिपुरमा संचालन हुने प्रतियोगिता यहि पुस ११ गते देखि सुरु हुनेछ ।
नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र बिस्तार संगै प्रतिभावान खेलाडीको पहिचान गर्ने उदेश्य तथा फेलोसिप ट्रेनिङ सेन्टरका पुर्व संचालक ललित बुढामगरको सम्झनामा आयोजित प्रतियोगिताको बिजेता,उपबिजेता र तृतिय स्थान हात पार्ने टिम लाई क्रमशः नगद ५०,३० र १५ हजार पुस्कार संगै कप,मेडल,प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधाका खेलाडी लाई ट्रफी,प्रमाणपत्र प्रदान गरिने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु ऎरिले जानकारी दिनु भएको छ ।
तीन दिन सम्म संचालन हुने प्रतियोगितामा दाङ,सल्यान,रोल्पा,रुकुम लगाएत जिल्लाका झन्डै १२ बढी भलिबल टिमको सहभागिता रहनेछ ।
५ हजार टिम दर्ता शुल्क निर्धारण गरिएको प्रतियोगिताको खेल तालिका टाईसेट पुस १० गते दिउँसो ४ बजे प्रकाशित गरिने ऎरिले जानकारी दिनु भयो ।