रोज यातायात प्रालिको अध्यक्षमा भुपेन्द्र भण्डारी चयन

पुष २७, २०८१


तुलसीपुर,पुस २७ । तुलसीपुरमा रोज यातायात प्रालीको नया नेतृत्व चयन गरिएको छ । यस अघि नै तुलसीपुरबाट सेवा दिदै आएको अटाे प्रालीले आगामी दिनमा ब्यवस्थित तरिकाले सेवा दिने उद्देश्यले भुपेन्द्र भण्डारीको नेतृत्वमा नंया कार्यसमिति चयन गरेको हो ।

प्रालीको उपाध्यक्षमा केशब भुसाल, महासचिवमा सन्तोष डांगी, सचिबमा अंश कुमारी रोका, कोषाध्यक्षमा कल्चु चौधरीलाई चयन गरिएको छ भने सदस्यहरुमा राम बहादुर खत्री, नारायण प्रसाद गौतमलाई चयन गरिएको छ ।

शनिबार बसेको बैठकले प्रालीको बरिस्ठ सल्लाहकारमा विशाल जंग शाह, बिकास बस्याल, प्रेस सल्लाहकारमा सन्तोष केसी र कानुनी सल्लाहकारमा मधुसूदन गौतमलाई चयन गरिएको उपाध्यक्ष केशब भुसालले जानकारी दिए ।

उनका अनुसार प्रालीले प्रत्येक रुटमा कर्मचारी खटाउने, दुर्घटना भएको खण्डमा स्पोर्ट्समै दुर्घटना इन्चार्ज उपस्थित भइ पीडित अटाे ब्यवसायीको हकहितका लागि बोल्ने निर्णय गरेको छ । साथै प्रालीको दुर्घटना इन्चार्जमा निरज श्रेष्ठ, मोबाइल टिम सयोजकमा नरेश बुढाथोकीलाई चयन गरिएको छ ।