फिल्म ‘लोकन्ती’को ‘लाजै नमानी’ गीत सार्वजनिक

मङि्सर १६, २०८२


मंसिर १४, यही मंसिर २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लोकन्ती’को गीत ‘लाजै नमानी’ सार्वजनिक गरिएको छ । लोक लयमा आधारित यस गीतमा मेलिना राई र नारायण थापाको स्वर, शंकर अधिकारी घायलको शब्द तथा विकास चौधरीको संगीत छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बूलाई प्रस्तुत गरिएको छ । भिडियोका कोरियोग्राफर कमल राई हुन् ।

रञ्जित रानाको निर्देशनमा बनेको फिल्ममा कुमार र विमलासहित एसराज गराज, ऋचा थापा, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात लगायतको अभिनय रहेको छ । काजी लिम्बूको कथा रहेको फिल्मले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने जनाइएको छ । फिल्मका निर्माता सन्तोष न्यौपाने हुन् । यसमा विकास चौधरीको संगीत, रोनिश तामाङको छायांकन, गौतम राज खड्काको सम्पादन, तथा राज किराँतको द्वन्द्व निर्देशन रहेको छ ।