अपाङ्ग अध्ययन केन्द्रलाई मेरीगोल्ड स्कुलको सहयोग
मंसिर १६, तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको मेरीगोल्ड इङ्लिस बोर्डिङ स्कुलले ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा तुलसीपुर- ७ कालाखोलामा रहेको ‘तुलसीपुर अपाङ्ग अध्ययन केन्द्र’मा एक कार्यक्रमकाे आयोजना गरी त्यस केन्द्रमा रहेका विद्यार्थीहरूका लागि शैक्षिक सामग्री, खाद्यान्न र नगद रकम सहयोग गरेको छ ।
मेरीगोल्ड इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल बासुदेव रिजालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख अतिथितामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा मा.वि.कालाखोलाका प्रधानाध्यापक राजिव ओझा, तुलसीपुर अपाङ्ग अध्ययन केन्द्रका व्यवस्थापक तथा सञ्चालक यज्ञ बहादुर बि.क.ले मन्तव्य राख्नुभएको थियो ।

विद्यालयले विभिन्न समयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विविध कार्यक्रम गर्दै आएको छ सोही अवसरमा विद्यालयमा क्रियाशील जुनियर रेडक्रस सर्कल मेरिगोल्ड, मेरिगोल्ड स्काउट , मेरिगोल्ड कृयटिभ ग्रुपमा सहभागी कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले आफ्नो एक दिनको खाजा खर्च बाट तुलसीपुर अपाङ्ग अध्ययन केन्द्रमा बस्दै आएका विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ शैक्षिक सामग्री, खाद्यान्न तथा नगद रकम सहयोग गरेको विद्यालयका भाइस प्रिन्सिपल सोमराज बस्नेतले जानकारी दिनुभयो ।
सो अवसरमा तुलसीपुर अपाङ्गता अध्ययन केन्द्रका सदस्य सचिव तथा व्यवस्थापक यज्ञ बहादुर बिश्वकर्मा र सीता घिमिरे बि.क.लाई सम्मान गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विष्णु न्यौपानेले गर्नुभएको थियो ।






