युरोपेली सङ्घको पुनः संरचना गर्न जर्मन चान्सलरको आग्रह

असोज ३०, २०७९


जर्मनीका चान्सलर ओलाफ सोल्सले युरोपेली सङ्घको पुनः संरचना गर्न माग गरेका छन् । सङ्घ अन्तर्गत रहेका २७ देशको छुट्टै प्रशासनिक र सैन्य सेवाको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

जर्मनीको बर्लिनमा आयोजित युरोपेली समाजवादी पार्टीको सम्मेलनमा बोल्दै उनले युरोपेली सङ्घमा विस्तारै केही परिवर्तन आवश्यक भएको धारणा राखे । विषेश गरेर विदेश नीति, कर प्रणाली, सैन्य सेवा, प्रशासनिक व्यवस्थालगायतका क्षेत्रमा केही संशोधन आवश्यक भएको उनको भनाइ थियो ।

युरोपेली सङ्घको स्वायत्तता, क्षेत्राधिकार तथा कार्य प्रणालीमा पनि सुधार हुनुपर्नेमा चान्सलर सोल्सले जोड दिएका थिए ।