कमब्याकलाई लिएर उत्साहित राजबल्लभ, तर डर पनि उतिक्कै

फागुन २६, २०७९


एक समय लभस्टोरी फिल्ममा रुचाइएका अभिनेतामा पर्थे, राजबल्लभ कोइराला । अभिनयमा अब्बल भएकाले उनले करिब ७र८ वर्ष नेपाली फिल्ममा लोभलाग्दो करिअर बनाए । पहिलो फिल्म ‘पर्खि बसेँ’ नै व्यावसायिक रुपमा सफल भएपछि उनले फिल्मको अभाव झेल्नु परेन । तर, नेपाली फिल्ममा उर्बर करिअर हुँदा-हुँदै उनी अचानक अमेरिका हानिए र त्यही आफूलाई ‘सेटल’ गरे ।

राजबल्लभले पछिल्लो पटक अभिनय गरेको फिल्म ‘६ एकान ६’ हो । यसपछि अमेरिका बसाईका कारण उनले चाहेर पनि फिल्म गर्न सकेनन् । उनलाई फिल्मको अफर भने धेरथोर पुगेकै हुन्थ्योरछ । अब उनले फिल्म ‘कामिनो’बाट १० वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्दैछन् । यसका लागि राजबल्लभ नेपाल आउने छैनन् । ब्राजिल र उत्तर अमेरिकामा उनको भागको छायांकन हुनेछ ।

१० वर्षपछि नेपाली फिल्ममा फर्किन लाग्दा उनलाई जति उत्साह र उमंग छ, त्यतिक्कै डर पनि छ । अमेरिकामा रहेका अभिनेता विमलेस अधिकारीको एक शोमा उनले आफ्नो कमब्याकबारे भनेका छन्, ‘१० वर्षपछि नेपाली फिल्ममा फर्किँदैछु । पहिला गरेको काम छोडेर पुनः त्यही काममा फर्किँदा उत्साह र उमंग हुन्छ नै, साथमा डर र कतै मैले विर्सिएँ कि भन्ने पनि मनमा लाग्ने रहेछ ।

७ वर्ष अभिनयमा सक्रिय रहँदा आफ्नो दैनिकी फिल्मको सुटिङ, मिडिया र पार्टीमा वितेको स्मरण गर्दै उनले १० वर्षको ‘ग्याप’ले फिल्ममा फर्किनका लागि उत्साह भए पनि के होला भन्ने ‘नर्भसनेस’ पनि उतिक्कै रहेको बताए । यद्यपि, उनी आफैंलाई सान्त्वना दिँदै भन्छन्, एक पटकको कलाकार सधैंको कलाकार त हो तर पनि वर्षौंपछि पुरानै काममा फर्किँदा के होला भन्ने लाग्दो रहेछ ।

आफूले फिल्म गर्न छाड्दा ५ कक्षामा पढ्ने विद्यार्थीले अहिले ब्याचलर गरिसकेको र त्यो पुस्ताले हेर्ने वा चाहने कलाकारमा आफू पर्न सकिन्छ कि सकिन्न भन्ने सोच दिमागमा आउने गरेको राजबल्लभको भनाई छ । गएको डेढरदुई महिनामा आफूलाई ५ वटा फिल्मबाट अफर आएको र त्यसमध्येबाट ‘कामिनो’ छानेको उनले बताए । फिल्ममा आफ्नो चरित्र रोचक रहेको उनको दाबी छ ।