सवैको सहकार्य र एकतालेमात्र अन्धोपन न्युनिकरण हुने

जेठ १३, २०८०


कपिलबस्तु, १३ जेठ । सवैको सहकार्य र एकतालेमात्र अन्धोपन न्युनिकरण हुने यहाँका जनप्रतिनिधिहरुले बताएका छन् । सहभागीहरुले अझैपनि धेरै जनताहरु आँखा स्वास्थ्य सेवाबाट बन्चीत भएको भन्दै जनताको सेवा गर्न आफुहरुले पनि साझेदारी गर्ने बताए । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलबस्तुको आयोजना तथा एनएवीपी नर्वेको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघको ‘‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी ’’ छलफल कार्यक्रममा बोल्दै शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, बुद्धभुमि नगरपालिका र विजय नगर गाउँपालिका प्रमुख तथा उपप्रमुख प्रशासकहरुले सवैको उद्धेश्य र लक्ष्य एउटै भएको भन्दै कपिलबस्तु तथा आफ्नो जिल्ला रहेको अन्धोपन न्यूनिकरण गर्न आफुहरु प्रतिवद्ध भएको बताए । नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्ययक्षतमा भएको कार्यक्रममा महाराजगञ्ज नगरपालिका नगरप्रमुख अव्दुल कलामले अन्धोपन न्यूनिकरणका लागि आफुले २० बर्ष देखि सक्रिय रहेको भन्दै अन्धोपन न्यूनिकरणमा साझेदारीमा प्रतिवद्ध रहेको बताए । उनले आफ्नो पालीकामा रहेको अन्धोपन न्यूनिकरण र छन्द कालोबावु नारायाणी आँखा अस्पतालको वृद्धि विकासका लागि आफुहरु तयार रहेको बताए । ‘हिजो पनि हाम्रो सहयोग रहेको थियो भोलि पनि रहने छ उनले भने ।’ उनले आफुहरु संगै हातेमालो गरेर अगाडी बढन तयार रहेकोको बताए । त्यस्तै बुद्धभुमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले आफुहरुले आँखा अस्पताललाई विगत देखि सहयोग गदै आएको आगामी दिनमा पनि हुने बताए । उनले सवैको समन्वय सहयोगलेमात्र अन्धोपन न्युनिकरण हुने बताए । ‘हामीहरु सहयोगका लागि सधै तयार छौं साझेदारी र सहयोग हुने छ ।’ त्यस्तै छलफल कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख अजय थापाले छन्द कालेबाबु नारायाणी आँखा अस्पताल संग मिलेर विभिन्न शिविर तथा आँखा सम्वन्धी कार्यक्रम सञ्चालन भएको भन्दै साथ र सहयोग रहने बताए । ‘ अन्धोपन न्यूनिकरण मा साझेदारी सहित हामीहरु सहयोग गर्न तयार छौ उनले भने । जनताको सेवा गर्न आफुहरु पनि आएको भन्दै आफ्नो पालिकाका रहेको दृष्टिविहिन्ता अत्य गर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासक सम्शेर थापाले सहयोगी दातृ निकाय, राष्ट्रिय स्वास्थ्य नीति २०७६ र आँखा स्वास्थ्य रणनीति २०७९÷२०८६ को विषयमा सहभागीहरुलाई प्रकाश पारेका थिए ।

थापाले नेपाल लुम्विनी प्रदेश तथा शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, बुद्धभुमि नगरपालिका र विजय नगर गाउँपालिका रहेको अन्धोपनको अवस्थाको बारेमा जानकारी गराएका थिए । थापाले नगरपालिका गाउँपालिकाले सञ्चालन गरेको साझेदारी कार्यक्रम, भावि योजना र आगामी आर्थिक बर्षमा हुने साझेदारी कार्यक्रम बारेमा जानकारी गराएका थिए । छन्द कालेबाबु नारायणी आँखा अस्पतालको रणनितिक कार्ययोजना तथा राप्ती लमही आँखा अस्पतालको साझेदारीको विषयमा प्रस्तुतिकरण गरेका थिए कार्यक्रममा संघका सभापति कृष्णकुमार गिरीले अन्धोपन न्यूनिकरणमा आफुहरुले लागि परेको भन्दै सवैको साथ सहयोग आवश्यक रहेको बताएका थिए । उनले हिजोपनिसहयोग हुदै आएको भन्दै आगामी लिनमा अन्धोपन न्यूनिकरणमा सहयोग गर्न आग्रह गरे । उनले राप्ती तथा बहादुरगंजको कार्यक्रमलाई सन् २०३० (वि.स २०८७) सम्ममा आत्मनिर्भर बनाउने लक्ष्य रहेको भन्दै मेसिन औजार खरिद तथा भौतिक निर्माणका लागि साझेदारी हुदै आएको बताए । उनले छन्द (कालेबाबु) आँखा अस्पताल बहादुरगञ्जलाई ट्रर्सरी लेवमा स्तरोन्नति गर्ने , दृष्टिविहीन पुनस्थापना कार्यक्रमलाई सुदृढ गर्ने र .आँखा अस्पताललाई साधन स्रोत युक्तगराउने बताए । सभापति गिरीले कपिलबस्तु जिल्ला र छिमेकी जिल्लाभारतका जनतालाई सेवा दिएको भन्दै सवैको साथ र सहयोग आवश्यक रहेको बताए ।संघका सदस्य रेशमबहादुर खड्काको स्वागत मन्तव्यवाट सुरु भएका कार्यक्रममा छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकिय अधिकृत जसराज विश्वकर्माले हाल सम्म अस्पताले दिएका सेवा तथा साझेदारीका कार्यक्रमहरुको वारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजिकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।