फेन्च लिग वान : सानदार जित निकाल्दै पीएसजी तेस्रो स्थानमा

पुष ०९, २०७७


काठमाडौं – गए राति फ्रेन्च लिग वान अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । 

निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले स्ट्रासबोलाई ४–० गोलले पराजित गरेको हो । उक्त खेलको १८ मिनेटमा पीएसजीका टिमोथी पेम्बेले गोल गरी टिमलाई अग्रता दिलाए । 

त्यसपछि दोस्रो हाफमा खेलको ७९ औं मिनेटमा पीएसजीका केलियन एम्बापेले गोल गरे । त्यसपछि खेलको ८८ औं मिनेटमा पीएसजीका एड्रिसामा गुएले गोल गरे । 

त्यसपछि खेलको अन्तिम समयमा मोइस किनले गोल गरी पीएसजीलाई जित दिलाए । जितसँगै पीएसजी १७ खेलबाट ३५ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । ​