बायर्न लगातार आठौं पटक च्याम्पियन

असार ०३, २०७७


बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा वेडर ब्रेमेनलाई १-० ले पराजित गर्दै बायर्नले दुई खेल अगावै यस सिजन उपाधि पक्का गरेको हो ।

युरोपका शीरष पाँच लिगमा लगातार आठ पटक लिग जित्ने बायर्न दोस्रो टिम बनेको छ । यसअघि इटलीको युभेन्ट्सले सन् २०११-१२ देखि २०१८-१९ सम्म लगातार आठ पट सिरी ए जितेको थियो ।