मेसी र फाटीको गोलमा बार्सिलोना विजयी!

असार ०३, २०७७


बार्सिलोनाले लेगानेसलाई पराजित गर्दै स्पानिस ला लिगामा रियल मड्रिडसँग अंकदूरी बढाएको छ । गएराति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २-० ले पराजित गरेको हो ।

कोरोनाभाइरस महामारीपछि घरेलु क्याम्प क्याम्प नोउमा पहिलो पटक खेलेको बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले र अंशु फाटीले गोल गरे ।

खेलको ४२औं मिनेटमा फाटीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेसीले ६९औं मिनेटमा पेनाल्टिबाट गोल गरेका थिए ।

६४औ मिनेटमा एन्टोनी ग्रीजमनले गोल गरेपनि भिएआरले अस्वीकृत गरेको थियो ।

जितपछि २९ खेलबाट लिग लिडर बार्सिलोनाले ६४ अंक जोडेको छ । एक खेल कम खेलेको रियल मड्रिड ५९ अंकसहित दोस्रो स्थानमा छ ।