एट्लेटिको मड्रिड चौथो स्थानमा उक्लियो

असार ०४, २०७७


स्पानिस ला लिगामा एट्लेटिको मड्रिडले फराकिलो जित हात पारेको छ । गएराती भएको खेलमा एट्लेटिकोले ओसासुनालाई ५-० ले पराजित गरेको हो । एट्लेटिकोका लागि जाओ फेलिक्सले दुई गोल गरे ।

जितपछि एट्लेटिक चौथो स्थानमा उक्लेको छ र शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राखेको छ ।