भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार भन्दा बढी नयाँ संक्रमित, संक्रमितको संख्या करिब ३४ लाख

भदौ १२, २०७७


भारतमा कोरोना भाइरसको संक्रमण तिब्ररुपमा फैलिरहेको छ। विश्वका सबैभन्दा बढी कोरोना प्रभावीत देशहरुको सुचीमा भारत तेस्रो नम्बरमा रहेको छ।  पहिलो नम्बरमा अमेरिका रहेको छ भने दोश्रो नम्बरमा ब्राजील रहेको छ।  

भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २ सय ६६ नयाँ संक्रमित फेला परेका छन् भने पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५७ पुगेको छ।  

यसैसँग ,वोर्ल्डोमिटरको तथ्यांकअनुसार भारतमा हाल सम्म कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ३३ लाख ८७ हजार ५ सय पुगेको छ भने मृत्युहुने को कुल संख्या ६१, ६९४ रहेको छ।  

भारतमा अहिले सक्रिय संख्या ७ लाख ४२ हजार २३ रहेको छ भने उपचारबाट निको भएर कोरोना मुक्त हुनेको संख्या २५ लाख ८३ हजार ९ सय ४८ रहेको छ।