नागरिकका घर–घरमा मास्क पुर्‍याउने अमेरिकी राष्ट्रपतिको योजना

माघ २३, २०७७


अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले नागरिकका घर–घरमा मास्क पुर्‍याउने तयारी गरेको छ। निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकोे मास्क निषेध योजनालाई रद्ध गरेर बाइडेनले घर–घरमा पुर्‍याउन लागेका हुन्।

कोरोना भाइरस संक्रमणको जोखिम अझैपनि नटरेकाले नागरिकलाई मास्क लगाउन प्रेरित गर्ने उद्देश्यसहित यो नीति अम्बलम्बन गरिएको ह्वाइटहाउसले जनाएको छ। कोभिड रेन्सपोन्स टिमले त्यसको प्रबन्ध मिलाउने काम गरिरहेको छ। यो तयारीले आधिकारिकता पाउन केही समय लाग्ने ह्वाइटहाउसका अधिकारीहरुले बताएका छन्।

आफ्नो कार्यकालको औपचारिक सुरुआत गर्ने क्रममा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै बाइडनले सरकारी कार्यालयमा मास्क अनिवार्य गरेका थिए। अब नागरिहरुलाई समेत अनिवार्य गर्न लागिएको छ।