गोल्डेन आईडल विजेता जेविकालाई बधाई दिने कार्यक्रम सम्पन्न

फागुन २३, २०७७     सन्तोष के.सी.


कला गला र नृत्यको सम्मानका लागि विगत एकदशक देखि सञ्चानमा रहेको गोल्डेन स्टार मल्टिमिडिया ले सञ्चानल गरेको एन.टि.भि प्लस लगाएत दर्जन बढि टेलिभिजनबाट सञ्चालन हुने बहु चर्चित ¥यालिटी सो गाएन र नृत्यको महासङग्राम नेपाल गोल्डेन आइडल सिजन सातको नृत्य विधाकी विजेता जेविका रेउले लाई उनकै गाउँ दंगीशरण गाउँपालिकामा पुगि बधाई तथा शुभकामना दिने कार्यक्रम गोल्डेन आइडल टिम ले सम्पन्न भएको छ ।

पाँच हजार बढि प्रतिस प्रधिलाई पछि पार्दै नृत्य विधाबाट दाङकी जेविका रेउले ले सिजन सातको उपाधी जितेकी हुन उनले १० लाख बराबरको पुरुष्कार तथा विदेश भ्रमण र म्युजिक भिडियोमा खेल्ने अवसर प्राप्त गर्ने छिन । बधाई तथा शुभकामना कार्यक्रममा गोल्डेन आइडलका म्यानेजिङ डाईरेक्टर सरण गुरुङ, निर्णायक तथा कार्यक्रम डाईरेक्टर निरुता गुरुङ, कार्यक्रम ब्यवस्थापक अनीता गुरुङ्गले बधाई तथा शुभकामना दिदै मायाको चिनो प्रदान गर्नुभएको थियो उक्त कार्यक्रममा जेविका रेउलेका शुभचिन्तक दिलमाया घर्ती, पार्वती बुढाथोकी, चन्दा बस्नेत, झरणा रेउले भिमा पुन, कमल रेउले, जिया वली, पवित्रा शर्मा ले मायाको चिनो प्रदान गरेका थिए ।

यस्तै जेविका रेउलेका बुबा देवराज रेउले र आमा सारदा रेउलेले जेविका रेउलेका गुरु तथा निर्णायकहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा गोल्डेन आईडल सिजन सातकी नृत्य विधाकी विजेता जेविका रेउले ले आफनो नृत्य प्रस्तुत गरेकी थिईन । आफुलाई गोल्डेन आईडल सम्म पु¥याउन सहयोग गरेको भन्दै सबै दर्शक तथा शुभ चिन्तकहरु लाई धन्यवाद ज्ञापन गरेकी थिईन । कार्यक्रममा डान्सर प्रज्वल बुढाथोकि, गिता सुनार स्थानीय बाल कलाकार सोनी योगी, सोनु के.सी, सलीना क्षेत्री लगाएतले नृत्य प्रश्तुत गरेका थिए ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता एंव लुम्विनी प्रदेश सभा सदस्य सांसद धमकली चौधरीको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा सांसद चौधरीले छोरीले चाहे भने जे पनि गर्न सक्छन् भन्ने उदाहरण बन्न सफल भएकि जेविका भविष्यमा राम्रो र सक्षम कलाकार बन्न सक्ने भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण दंगीशरण गाउँपालिका प्रेस संयोजक दिप्तीशिखा चौधरीले गर्नुभएको थियो ।