पर्दा पछाडिका लेजेन्डरी कलाकार बच्चु कैलाश

फागुन २९, २०७७     डि.आर.एन


तुलसीपुर कालाखोला स्थित ऐतिहासिक भोटे मेला संचालन भईरहेको छ । मेलामा मनोरञ्जन दिनका लागि थुप्रै कलाकार आउने जाने क्रम बढ्दो छ । आफ्नै ठाउँको त्यो पनि ईतिहास बोकेको मेला भएकाले मलाई पनि त्यहाँ नगएर मनले मानेन । शुक्रबार मेला नियाल्ने अवसर प्राप्त भयो । मेलामा थुप्रै साथिहरुसंग भेट भयो । साथिहरुसंग आफ्ना विगत अनि वर्तमानलाई जोडेर कुराकानी साटासाट पनि भए । कलाकारहरुसंग पनि गफगाफ भयो । मेलामा सुरुमा स्थानिय कलाकारहरुको प्रस्तुती हेरियो । त्यसपछि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती दिने पालो आयो । कलाकार आउने जाने क्रम भईरहेको थियो ।

सबै दर्शको नजर त्यहि चर्चित कलाकारहरुमा थियो । सबै दर्शकहरु कलाकारहरुप्रति केन्द्रित थिए तर ती कलाकारहरु केन्द्रित थिए त बच्चु कैलाश प्रति ।

बच्चु कैलाश एउटा यस्तो नाम हो जुन नाम सधै गुमनाम हुन खोज्यो । दर्शकहरुले उनलाई चिन्दैनन तर उनलाई नचिनेको भने कुनै कलाकार हुदैन । उनी सधै पर्दा पछाडि नै रमाउछन् तर कलाकारहरुले भने उनलाई सधै अगाडि नै सम्झिन्छन् । स्टेजमा आउने हरेक कलाकारहरुले सुरुमै बच्चु कैलाशलाई सम्झिएर मात्र आफ्नो प्रस्तुती राख्छन् । यो दृष्य भोटे मेलाको मात्र भने हैन । यो भन्दा अघि पनि तुलसीपुरमा भएका मेला महोत्सवमा बच्चु कैलाशलाई यसैगरी देखिन्थ्यो । उनले विभिन्न मेला महोत्सवमा एउटा हार्मोनियम बजाछन् । उनी मेला महोत्सवमा बाद्य बाधनको टोली संग पछाडि बसेका हुन्छन् ।

देख्नेहरु जतीले त उनलाई बाद्यबाधनको टोलिका एउटा हार्मोनिय बजाउने मान्छे भनेर चिन्छन् तर चिन्नेहरुले उनलाई संगीतका गुरु भनेर पुजा गर्छन । बच्चु कैलाश विनाकोे सांस्कृतिक कार्यक्रम असभ्वभ जस्तै हुन्छ ।

प्रत्यक्ष बाजा बजाउने कलाकारको सुचिमा उनी पहिलो नम्वरमा पर्छन । उनको कर्म भने त्यहि हार्मोनियम बजाउने मात्रै हैन । उनी नेपालका पुराना अनि चर्चित गायक हुन् । वि.सं २०४६ सालमा उनले आफ्नो पहिलो गित रेकर्ड गराएका हुन् । उनको गित संगीतको यात्रा भने रोकिएको छैन । आफैले स्वर दिएर तत्काल नगाएपनि उनी निकट भविष्यमै गीत गाउँने सोचमा बसेका छन् ।

उनै बच्चु कैलाशको हार्मोनियको सासमा बाचेका हुन्छन् अधिकांश सास्ंकृतीक कार्यक्रम । उनी स्टेजको पछाडि नै बसे पनि उनको महत्व भने त्यो कार्यक्रमको सबैभन्दा प्रमुख हुन्छ ।

तुलसीपुरमा संचालित भोटेमेलामा शुक्रवार स्टेजमा कार्यक्रम भईरहेको थियो । उनी र उनको टोलीको बाद्यबाधन साच्चिकै सुन्न लायकको थियो । हार्मोनियममा उनी आफै थिए,ढोलकमा याम परियार,मादलमा नरेश सेन्चुरी,बासुरीमा चुडामणी विक र अक्टुप्याडमा गगन मगर । उनी र उनका टोलीको समिश्रणबाट निस्किएको त्यो सुमधर संगीतमा मेला अगाडि बढिरहेको थियो । उनको संगीतको तालमा चर्चित कलाकारहरु बद्रि पंगेनी,टिका सानु,रविना वसेल लगायतले स्वर भरे । कलाकारको प्रस्तुतीलाई अव्वल बनाउन उनको ठुलो मिहेनत छ तर पनि उनी पर्दा पछाडि नै छन् । उनी त्यो व्यक्ति हुन जसले कहिले आफ्नो क्षमताको घमण्ड गरेनन् । जसलाई नचिन्ने कलाकार कोहि छैन,कला नगरीको क्षेत्रमा चर्चित भएर पनि,थुप्रै कलाकारहरुको गुरु भएर पनि उनी त्यहि हार्मोनियमै रमाईरहेका छन् र त्यहि हार्मोनियममै बाँचिरहेका छन् त्यसैले त भन्न मन लाग्छ उनी त्यो व्यक्ति हुन जो पर्दा पछाडि भएर पनि एक लेजेन्डरी कलाकार बन्न सफल भएका छन् ।

बाद्य बाधनमा रमाउदै बच्चु कैलाश र उनका साथिहरु