‘ह्याप्पी होली’भन्दै आए योगेश र सारिका (भिडियोसहित)

चैत ०९, २०७७


काठमाडौं,
चैत ९ ।

रंगको पर्व होली नजिकिदै जादा यससम्बन्धि गीतहरू सार्वजनिक भइरहेका छन् । यही मेसोमा योगेश काजी, सुवास श्रेष्ठ र सारिका घिमिरेको स्वरमा रहेको होली गीत ‘ह्याप्पी होली’ सार्वजनिक भएको छ । सारिकाले नै लेखेको शब्दमा योगेशको सङगीत तथा सम्योज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शिव विकको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा गायक द्वय काजी र श्रेष्ठको साथमा दुर्गेश थापा र लोसिना लामिछाने फिचर्ड छन् । भिडियो छायांकन अजय रेग्मीको रहेको छ भने सम्पादन मिलन विश्वकर्मा र पदम सुवेदीको छ । काजी र निर्देशक विकको टिमअप पछिल्लो समय बड्दो छ ।