सुरु भयो बेनिशाको ‘प्रेमगन्ज’को छायांकन

बैशाख ०८, २०७८


कोरोनाको दोश्रो संक्रमण बढेपनि केही चलचित्रको छायांकन भने सुरु भएको छ । सोमबारबाट चलचित्र ‘बाबरी’ सँगै ‘प्रेमगन्ज’ नामक चलचित्रको पनि छायांकन सुरु भएको छ । यो चलचित्रको छायांकन काभ्रेबाट सुरु भएको हो । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेका चलचित्रलाई ४० दिनसम्म खिचिने निर्माणपक्षले बताएको छ । चलचित्रलाई काभ्रेसँगै काठमाडौंमा पनि खिचिनेछ ।

यो चलचित्रमा नायिका बेनिशा हमालको साथमा कलाकारहरु तेज गिरी, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । यो चलचित्रमा संजय लामाको छायांकन, राजु फुयाँलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् ।