पाण्डेद्वारा रचित “मेरी नैनी”-को लोकार्पण

बैशाख ०९, २०७८


काठमाडौ ९ वैशाख ।
वरिष्ठ साहित्यकार पोषण पाण्डे द्वारा रचित कविताहरूको संग्रह “मेरी नैनी”-को लोकार्पण गरिएको छ। पाण्डेको ८९ अौं स्मृति दिवसको अवसर पारेर वैशाख ७ गते वरिष्ठ साहित्यकार रोचक घिमिरेको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कविता संग्रह लोकार्पण कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार / समालोचक द्वय प्रा. डा गोविन्दराज भट्टराई र ज्ञानु पाण्डेले पोषण पाण्डेको कवि व्यक्तित्व बारे प्रकाश पार्नु भएको थियो । समारोहमा पोषण पान्डेको रचनामा वरिष्ठ संगीतकार राजु सिंह द्वारा संगीतबद्ध गीतलाई चर्चित गायिका बानिका प्रधानले गाएर सुनाउनु भएको थियो ।

पोषण पाण्डे तीर्थ सदनका अध्यक्ष वरिष्ठ साहित्यकार विजय चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वरिष्ठ साहित्यकार कणाद महर्षिको स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष चालिसेले पोषण पाण्डेका अन्य थुप्रै फुटकर रचनाहरुलाई खोजी गरेर क्रमश प्रकाशनमा ल्याउने कुरामा पोषण पाण्डे तीर्थ सदन लागिरहने बताए।