कबड्डी–४ को शुभ मुहूर्त, मुस्ताङमा छायांकन हुने

बैशाख १३, २०७८


चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ को शुभ मुहूर्त गरिएको छ । शनिबार सम्पन्न शुभ मुहूर्तमा कलाकार, प्राविधिक, निर्माता एवं निर्देशकको सहभागिता थियो । सो चलचित्रको छायांकन सुरुवात आगामी साता हुनेछ ।

उक्त चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर र गौमाया यात्री मुख्य भूमिकामा रहनेछन् । उनीहरूसहित अन्य कलाकारहरू शुभ मुहूर्तमा उपस्थित थिए । उक्त चलचित्रको निर्देशन रामबाबु गुरुङले गर्नेछन् ।

उनका अनुसार यो चलचित्र मुस्ताङमा छायांकन गरिनेछ । शुभ मुहूर्तमा उपस्थित निर्माता मणिराम पोखरेलले आउने सातादेखि छायांकन गर्ने भनिए पनि कोरोना संक्रमणको प्रभाव कस्तो हुने भन्नेमा निर्भर रहने स्पष्ट पारे ।