आईसोलेसन निर्माणाधिन स्थलमा सरोकारवालाहरु सगं परामर्श लिदै नगर प्रमुख पाण्डे,अस्पताल संचालन आउने भएपछि जनताहरु खुशी

बैशाख १८, २०७८     शरद रेग्मी


तुलसीपुर उपमहानगरपालिकाले अक्सीजन सहितको आईसोलेसन निर्माण कार्य तिव्र पारेको छ ।
अक्सिजनको अभावमा कोरोना संक्रमितको ज्यान जोखिममा परेकोले अक्सिजन सहितको आइसोलसन बनाउन थालिएको नगर प्रमुख घनश्याम पाण्डेले जानकरी दिनुभयो ।
आइसोलेसन निर्माणाधिन स्थलमा आज बिहान सरोकारवालाहरु सगं परामर्श लिदै नगर प्रमुख पाण्डेले अक्सिजन सिलिन्डरको कमि भएका कारण केहि प्राबिधिक समस्या रहेको बताउनुभयो ।
यस क्षेत्रमा ५० बेडको कोरोना अस्पताल १/२ दिन भित्रै सन्चालनको तयारिमा रहेको खबर बाहिरिए सगै जनताहरु थोरै भएपनि बाचिन्छकि भनेर खुसि भएका छन ।
यसैबिच कोरोना अस्पताल सन्चालन गर्नका लागि सबै खालको सहयोग गर्न आफुहरु तत्पर रहेको तुलसीपुर उधोग बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले प्रतिबद्दता ब्यक्त गर्नुभयो ।”यस क्षेत्रका उधोगी ब्यबसायिहरु स्थानिय सरकारको सहयोगि भएर अगाडि बढनेछौ यो महामारिमा सबैको सहयोग आबश्यक पर्दछ बैठकमा बोल्दै अध्यक्ष चालिसेले भन्नु भयो ।” सो अबसरमा चिकित्सक,पेशाकर्मि,सुरक्षाकर्मि,पत्रकार ,निजि अस्पतालका सन्चालकहरुले तत्काल अस्पताल सन्चालन गर्न सुझाब दिएका थिए।