मृतक बालकहरुको पोष्ट मार्टम भयो

बैशाख २०, २०७८     सम्पूर्ण कुरा


तुलसीपुर ६ गाईडहरका मृतक तिन बालकको पोष्ट पार्टम आईतवार राती अवेर सम्म भएको छ ।पोष्ट मार्टमका लागी लुम्बिनी प्रादेशिक स्वास्थ्य निर्देशनालय बुटवलबाट आउनु भएकी डाक्टर आहानाको चिकित्सकको टोलीले राती अवेर सम्म तिन वालकको पोष्ट मार्टम गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

मृतकका आफन्तीहरुले तिन वटै बालकको आँखा नभएको दावी गरेपछि बुटवलबाट चिकित्सक बोलाएर पोष्ट मार्टम गरिएको हो । तर मृतकका आफन्तीहरुले शव बुझन मानेका छैनन । उनीहरुले पोष्ट मार्टमको रिपोट नआउदा सम्म र दोषी पत्ता नलाग्दा सम्म शव नबुझने अडान लिएका छन् । पोष्ट मार्टमको समड अवधी डिएसपी सिंह र जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द समेत उपस्थित हुनु भएको थियो । भित्र पोष्ट मार्टम भईरहदा मृतकका आफन्तीहरुले सत्यसथ्य छानविन गरी दोषीलाई कडा कारवाही गर्न माग गरीरहेका थिए ।