शान्ति समाजले मनायो भर्चुअल मार्फत प्रेस स्वतन्त्रता दिवस

बैशाख २०, २०७८     सम्पूर्ण कुरा


बिश्व प्रेस स्वतन्त्रता दिवसको अबसरमा मानव अधिकार तथा शान्ति समाजले भर्चुअल अन्तरक्रिया कार्यक्रम आज सोमबार सम्पन्न गरेको छ ।
३ मार्चको सन्र्दभमा आयोजना गरिएको भुर्चअल कार्यक्रममा प्रमुख अतिथि, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलले प्रेस स्वतन्त्र माथि हुने हरेक आक्रमणका बिरुद्ध मानव अधिकारकर्मी,नागरिक समाज,पत्रकार ऐक्यबद्ध भई लाग्नुपर्नेमा जोड दिनुभयो । कानून मस्यौदाकारले न्यायालय बाहिरबाट पत्रकारहरुलाई दण्डीतगर्र्ने जस्ता मस्यौदामा उल्लेख गरिएका छन् नेपाल पत्रकार महासंघ ईन्कार गर्छ,उहाले बताउनुभयो । नागरिकका अधिकार,प्रेसको अधिकारको संकुचन गर्ने कार्य भईरहेको उहाले बताउनुभयो ।
४५ वटा प्रेस स्वतन्त्रता बिरुद्ध भएका घटनामा ७७ जना महिला पत्रकार सहित ५८४ पत्रकारहरु पीडित भएको अध्यक्ष पोख्रेलले जानकारी गराउनुभयो ।
त्यसअवसरमा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनाल,समाजका संस्थापक सदस्य कृष्ण कँँडेल,पूर्ब सल्लाहकार होमकान्त चौलागाई,समाजका बरिष्ठ उपसभापति सुशील बस्नेत,सामाजिक अभियान्ता प्रताप पौडेल,दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डे,महासंघ रुपन्देही शाखा सभापति रामराज पोख्रेल,समाजका सचिव पुष्पा मल्ल र मिना ढकाल,अनुशासन समितिका संयोजक डिक घिमिरे लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण महासचिब रामकृष्ण वरालले गर्नुभएको थियो । कोभिड कहरका कारण शान्ति समाजले मे १ दिन बिश्व श्रमिक दिवस पनि भर्चुअल मार्फत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।