रियललाई चेल्सीको चुनौती

बैशाख २२, २०७८


काठमाडौं । च्याम्पियन्स लिग फुटलबअन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज (बुधबार) बाँकी एक खेल हुँदै छ ।

आज हुने खेलमा प्रिमियर लिग क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिडले प्रतिस्पर्धा गर्दै छन् । चेल्सीको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १२ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै दुवै टोली फाइनलमा पुग्ने योजनामा हुनेछन् । रियलको मैदानमा भएको पहिलो खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलका थिए ।

रियल च्याम्पियन्स लिगको सर्वाधिक च्याम्पियन टोली हो । रियलले हालसम्म च्याम्पियन्स लिगमा १३ उपाधि जितिसकेको छ ।