च्याम्पियन्स लिग : रियल मड्रिडलाई हराउँदै चेल्सी फाइनलमा

बैशाख २३, २०७८


२३ वैशाख, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडलाई पराजित गर्दै इंगलिस क्लब चेल्सी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरको छ । गएराति भएको समेफाइनल दोस्रो लिगमा रियललाई २-० ले पराजित गर्दै चेल्सी समग्रमा ३-१ ले विजयी भएको हो ।

घरेलु मैदानमा चेल्सीका लागि टिमो वेर्नर र मासोन माउन्टले एक-एक गोल गरे । पहिलो लिगमा चेल्सीले रियलसँग १-१ को बराबरी खेलेको थियो । तेस्रो पटक फाइनलमा पुगेको चेल्सीले उपाधिका लागि प्रिमियर लिगकै अर्को क्लब म्यानचेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।