‘हल्का हल्का लजाएर’मा एकसाथ देखिए राजेश,करिष्मा,पल र पूजा

बैशाख २३, २०७८


काठमाडौ २३ वैशाख।

महानायक राजेश हमाल र युवा स्टार पल शाह एकसाथ फिचर्ड भएको ‘हल्का हल्का लजाएर’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा राजेश र पल संगै लोकप्रिय अभिनेत्री द्वय करिष्मा मानन्धर र पूजा शर्माको समेत मुख्य भुमिका रहेको छ। अन्जु पन्त र  निशान भट्टराईको स्वर रहेको गीतमा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत सुन्न सकिन्छ।

चन्द्र प्रसाईं “परिस्कृत”को शब्द रहेको डान्सिङ नम्बरको भिडियोमा राजेश र करिष्मा अनि पल र पूजाको जोडीलाई निकै आकर्षक ढ्ङ्गले नचाउने काम चाहिँ देवेन्द्र पाण्डेले गरेका छन्।

उत्सव दाहालले खिचेको भिडियोलाई देवेन्द्रले नै  निर्देशन गरेका हुन्। गोपाल रसाइली एरेन्जर रहेको भिडियोलाई सम्पादन भने विकास दाहालले गरेका छन्।