क्रोएसिया बराबरीमा रोकियो

जेठ १९, २०७८


१९ जेठ, काठमाडौं । विश्वकपको उपविजेता टोली क्रोएसिया मैत्रीपूर्ण खेलमा अर्मेनियासँग बराबरीमा रोकिएको छ।

जुन ११ देखि सुरु हुने युरोकपका लागि तयारीमा स्वरुप खेलिएको खेलमा क्रोएसियाले पहिले अग्रता बनाए पनि जित हात पार्न सकेन ।

मंगलबार राति  घरेलु मैदानमा भएको खेलमा इन्टरका इभान पेरिसिकले २४औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा अर्मेनियाले बराबरी गोल फर्कायो । अर्मेनियाका व्बेमारले ७२औं मिनेटमा गोल गरेका थिए ।

क्रोएसियाले सहजै खेल जित्ने अपेक्षा गरिए पनि निराशाजनकरुपमा बराबरी खेलेको हो ।

युरो २०२० को समूह डी मा रहेको क्रोएसियाले जुन १३ मा इंग्ल्याण्डसँग पहिलो खेल खेल्नेछ । यस समूहमा स्कटल्याण्ड र चेक रिपब्लिक पनि छन् ।