विश्वकप छनोट: नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै
जेठ २०, २०७८
२० जेठ, काठमाडौं । फिफा विश्वकप-२०२२ र एएफसी एसियन कप – २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ ।
समूह बी मा रहेको नेपालले सोही छनोटअन्तर्गत आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
नेपाल र चाइनिज ताइपेइ यसअघि दुईपटक खेलेका थिए जसमा नेपाल अपराजित छ । २०१९ जुनमाभएको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो भने २०१९ सेप्टेम्बरमा भएको खेल नेपालले २-० ले जितेको थियो ।
नेपालले बाँकी दुई खेल जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।
नेपाल भर्सेस चाइनिज ताइपेइ
स्थान : कुवेत सिटी
समय : राति ९:४५ बजे (नेपाली समय अनुसार)