उद्योगी, ब्यबसायिहरुलाई तत्काल खोपको ब्यबस्था गर्न तुलसीपुर उबासघंको माग

जेठ २४, २०७८     शरद रेग्मी



उद्योगी, ब्यबसायिहरुलाई तत्काल खोपको ब्यबस्था गर्न तुलसीपुर उबासघंले माग गरेको छ ।
कोरोना महामारिमा अति आबश्यक सेवाहरु प्रबाह गरिरहेका ब्यबसायिहरुलाई खोप लगाउन सरकारले ढिलाई गरिरहेको भन्दै बाणिज्य सघंले प्रदेश सरकारको ध्याणाकर्षण गराएको प्रेस सल्लाहकार शरद रेग्मीले बताउनुभयो ।
सोमबार तुलसीपुर उधोग बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेको अगुवाईमा बुटवल पुगेको टोलिले लुम्बिनि प्रदेशका माननिय मुख्यमन्त्री शकंर पोख्रेल समक्ष कोभिड महामारिमा अग्रपगंतिमा अति आबश्यक सेवा प्रबाह गरिरहेका उधोगि, ब्यबसायि र आम सर्बसाधारणहरुमा तत्काल कोरोना भाईरस बिरुद्दको खोप लगाउने ब्यबस्था मिलाउन आग्रह गरेका हुन ।
साथै उधोग बाणिज्य सघले मुख्यमन्त्री समक्ष तुलसीपुर लगायत पश्चिम दाङको आर्थिक सम्बृद्दि र बिकासका मागहरु सहितको अनुरोधपत्र समेत पेश गरेको छ ।
सो अबसरमा मुख्यमन्त्री शंकर पोख्रेलले आफु जिल्लाको समग्र बिकाशका लागि प्रतिबद्द रहेको बताउनुभयो ।
भौतिक बिकास र बिस्तारमा स्थानिय सरकार र निजिक्षेत्रको सुझाबमा आफु बजेट बिनियोजन गर्न तयार रहेको बताउनुभयो ।
जग्गाको स्वामित्व ग्रहण गरेको खण्डमा आफु तुलसीपुरका लागि सभाहलमा बजेट बिनियोजन गर्न तयार रहेको प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
उहाले भन्नुभयो” नारायणपुरमा यएर्पोट सन्चालन गर्नका लागि सबै पार्टिको साझा एजेण्डा बन्नुपर्नेमा जोड दिनुभयो ।उहाले तुलसीपुरमा ईन्धन डिपो स्थापनाका लागि काम सुरु भैसकेको हुदा तत्कालका लागि साना जहाजहरु नियमितरुपमा सन्चालन गर्न आफुले अन्य यएरलाईन्सहरुलाई समेत आग्रह गर्ने बताउनुभयो “।
सो अबसरमा तुलसीपुर उधोग बाणिज्य सघंका महासचिब विनिल केसि,कोषाध्यक्ष देबबहादुर केसि लगायतको सहभागिता रहेको थियो ।