चलचित्र “चुरीफुरी”ले बाड्यो कोरोना पीडितलाई राहत

जेठ २६, २०७८     शिव पुन


काठमाडौ,२६ जेठ ।
प्रदर्शनका लागि अनकुल समयको पर्खाइमा रहेको चलचित्र “चुरीफुरी” टिमले कोभिड-१९ प्रभावित परिवारलाई राहत वितरण गरेको छ। दैनिक ज्यालादारीमा काम गरेर साझ बिहानको छाक टार्दै आएका काठमाडौको बसुन्धरामा रहेका २५ घरपरिवारलाई खाद्यान्न र स्वास्थ सामाग्री वितरण गरिएको हो।

कोरोनाको दोस्रो लहर तीब्र गतिमा फैलिएसंगै कोभिडबाट प्रभावित हजारौंमध्ये आफ्नो टिमले केही एकल महिला,शारीरिक अपांग तथा किड्नी बिरामीका परिवारलाई राहत बाडेर सेवा गर्न पाएकोमा चलचित्रका लेखक तथा निर्देशक ऋषिराज आचार्यले खुशी लागेको बताए। करिब १५ दिनलाई पुग्नेगरी बाडिएको राहत कार्यक्रममा निर्देशक आचार्य संगै चलचित्र”चुरीफुरी”का सह-निर्माता बिमला भुसालको उपस्थिति रहेको थियो।

सोसल कमेडी जनरामा आर.बि.मुभिजको व्यानरमा निर्माण भएको चलचित्र “चुरीफुरी”मा रबिन्द्र झा,अभिषेक श्रेष्ठ,राजिब जङ्ग बस्नेत,पुजा पन्त,सोना बज्राचार्य ,रिन्जिन गुरुङ ,शिशिर भण्डारी,दिपक आचार्य (काकु), सुबोध गौतम (एदुमे) , पवन खतिवडा (म्याकुरी ),सुरबिर पन्डित, सुनिता श्रेष्ठ , ऋतु आचार्य ,राजेन्द्र खाती,लक्ष्मी ढकाल(जोया),महेश्वर आचार्य ,कमल सिंह ,अस्मिता बस्नेत ,सरिस्मा मगर ,तुलसी प्रशाद श्रेष्ठ ,रश्मि आचार्य ,लक्ष्मण अधिकारी ,दिल गोदार,जि.पि.पाठक,मनिल तामाङ लगाएतका कलाकारको अभिनय रहेको छ।

अवस्था सहज हुदै गएमा आगामी असोज १ गतेलाई प्रदर्शन मिति लक गरेर बसेको चलचित्र”चुरीफुरी”मा दिपक शर्माको संगीत रहेको छ। राहुल राईले खिचेको फिल्मको कोरियोग्राफर भने भिमफेदी ग्रुप रहेको छ। निर्देशक आचार्य र रिना ढकालले मिलेर निर्माण गरेको चलचित्रको सह-निर्माताको रुपमा बिमला भुसाल,राजेन्द्र खाती र शिव थापा रहेका छन् ।