प्रदेश २ लोकसेवाले खोल्यो उपसचिवसहित २८ जनाको विज्ञापन

जेठ २७, २०७८


प्रदेश २ को लोकसेवा आयोगले उपसचिव सहित २८ जना कर्मचारीको लागि विज्ञापन खोलेको छ । बिहीबार सूचना जारी गर्दै आयोगले असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो ।

प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन गरिएको प्रदेश २ लोकसेवा आयोगले जनाएको छ ।

विभिन्न पदमा खोलिएको विज्ञापन र त्यसको लागि आवश्यक योग्यता तल उल्लेख गरिएको छ ।