व्यवसायि रिजालकाे माेटरसाईकल चाेरि

जेठ २७, २०७८


तुलसिपुरमा गयराति माेटरसाईकल चाेरि भएको छ । तुलसिपुर ७ श्रीगै स्थित घरमा बाहिर पर्किङ गरेर राखेकाे वाईक चाेरि भएको हाे । तुलसिपुरमा देउरालि फुटवेयर (जुत्ता चप्पलकाे) पसल गर्दै आएका मुकुन्द रिजालकाे रा ३ प ६१२ नम्वरकाे राताे रंगकाे आरटिआर वाईक चाेरि भएको हाे । आफन्त वितेकाे घरमा वत्ति कुर्न गएका रिजाल घर बाहिर वाईक राखेर सुतेका थिए । विहान ५ वजे उठेर पसल खाेल्न आउन भनी बाहिर आउदा मात्र वाईक नदेखे पछि वाईक चाेरि भएको थाहा पाएकाे रिजालले वताए । रिजालले ईलाका प्रहरी कार्यालयमा वाईक चाेरि भएको वारेमा लिखित निवेदन समेत दिएकाे वताएका छन । घरकाे कम्पाउण्ड भित्र पार्किङ गरि राखेकाे वाई चाेरि हुनुले आम मान्छेमा चाेरिकाे संसय वढेकाे छ । यता ईलाका प्रहरी कार्यालय तुलसिपुरका डिएसपि शिव वहादुर सि‌हले लकडाउनकाे समयमा माेटरसाईकल हराउने घटना वढेकाे भन्दै सचेत रहन आग्रह गर्नु भएको छ । मापसे वा अन्य नशालु पदार्थ सेवन गरेका व्यक्तिहरुवाट माेटरसाईकल लियर अन्यत्र लगेर फाल्ने जस्ता घटनाहरु वढेकाे हुदा सतर्क रहन सवैमा आग्रह गर्नु भयाे ।