परामर्श समूहको काम उच्च स्तरिय

जेठ ३०, २०७८     सम्पूर्ण कुरा



तुलसीपुर उपमहानगरपालिकाले कोरोना संक्रमणको जोखिम नियन्त्रण र व्यबस्थापनका लागि तयार गरेको परामर्श समूहले सञ्चालन गरेको काम र निर्वाह गरेको भूमिका उच्च स्तरिय रहेको जनप्रतिनिधिहरुले बताएका छन ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, मनोपराशर्म समूह र मनोपरामर्शदाताहरुसंगको संयुक्त छलफलमा जनप्रतिनिधिहरुले कोरोनाको सन्दर्भमा समूहले सह्रानीय र उच्च तहको भूमिका निर्वाह गरेको बताएका छन । कोरोना संकटका वेला जुन आबश्यक थियो त्यो समुहमार्फत भएको भन्दै यसलाई स्थायी संरचनामा लैजान समेत सुझाव दिएका थिए । सक्रमणको समयमा परामर्श अत्यन्त आबश्यक रहेको बेला मनोपरामर्शदाताहरुलाई खटाइनुले यसले राम्रो काम गरेको बताएका थिए ।
कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले समूहले अत्यन्त राम्रो र उच्च मुल्याकन गर्ने लगायतको काम गरेको बताए । उनले त्यो काम र क्रियाशिलताका लागि नगरको तर्फबाट धन्यवाद समेत दिए । उनले त्यसकोलागि नीतिगत अभिलेखिकरणका लागि प्रयास रहने बताए । ‘हामीले गरेको कामको अनुभवको, दस्तावेजिकीकरण गरौ,’ नगरप्रमुख पाण्डेले भने, ‘हाम्रो भूमिका निर्वाह गरौ, नगरले के गर्नु पर्छ हामी गर्न तयार छौ ।’ अव नगरले १९ वटा वडामा नै तालिम सञ्चालन गर्ने भन्दै थप क्षमता विकास आबश्यक रहेको र यसका लागि के गर्न सकिन्छ त्यस तर्फ लाग्ने उनले बताए । उपप्रमुख माया शर्माले मनोपरामर्श सेवालाई निरन्तरता दिनु पर्ने बताइन । यसतर्फ स्थानीय सरकारले विशेष रुपमा सोचेर निर्णयगत रुपमा जानु पर्ने बताइन ।
बडा अध्यक्षहरु नवराज लाधिछाने, चित्र बहादुर वली, घनश्याम ढकाल, थलराज पुरी, विनोद पाण्डे, विरबहादुर वली परशुनारायण चौधरीले जोखिमको समयमा परामर्श सेवाले मनोबल बढाउने र नकारात्मकताको अन्त्य गर्ने काम गरेको बताए । उनीहरुले कोरोना संक्रमणमा मनोभावकै कारणले पनि समस्या भइरहेको अवस्थामा पराशर्मले धेरै राहात गर्ने बताए । परामर्श समूहका संयोजक सुशील बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य सचिव निर्मल नेपालीले गरेका थिए ।