युरोकपमा आज अर्को ‘हेभिवेट भिडन्त’ : जर्मनी भर्सेस पोर्चुगल

असार ०५, २०७८


५ असार, काठमाडौं । युरोकप २०२० मा समूह एफ ग्रुप अफ डेथको रुपमा छ । जहाँ तीन पूर्व च्याम्पियन छन् । त्यसैले यो समूहको हरेक खेल उत्तिकै प्रतिक्षित र महत्वपूर्ण बनेको छ ।

त्यही समूह डी अन्तर्गत आज पोर्चुगल र जर्मनीबीच खेल हुँदैछ । खेल जर्मनीको घरेलु मैदान म्युनिखमा नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । साविक विजेता पोर्चुगलले पहिलो खेलमा हंगेरीलाई ३–० गोलले पराजित गरेको थियो भने जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो ।

जर्मनीविरुद्ध जित हात पारे पोर्चुगल नकआउट चरणमा पुग्नेछ । तर जर्मनीलाई भने प्रतियोगितामा अघि बढ्न जितको आवश्यकता छ । स्पेनसँग सर्वाधिक ३ पटकको युरो विजेता जर्मनी पोर्चुगलसँग पराजित भएमा लगातार दोस्रो पटक ठूलो प्रतियोगिताको समूह चरणबाटै बाहिरिने खतरामा पुग्नेछ ।

सन् २०१८ को विश्वकपमा साविक विजेताको रुपमा रहेको जर्मनी समूह चरणबाटै बाहिरिएको छ । जर्मनीलाई घरेलु मैदानको केही फाइदा रहे पनि पोर्चुगल पहिलो जितले उच्च मनोबलका साथ मैदान उत्रने छ ।