नेदरल्यान्ड्स र बेल्जियम क्वाटरफाइनलमा

असार १४, २०७८


असार १४, चेक रिपब्लिक १६ औं संस्करणको युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति बुडापेस्टमा भएको खेलमा नेदरल्यान्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लिक क्वाटरफाइनल पुगेको हो ।

अब चेक रिपब्लिकले सेमिफाइनल प्रवेशका लागि डेनमार्कको सामाना गर्नेछ। डेनमार्क वेल्सलाई ४–० ले हराउँदै क्वाटरफाइनल पुगेको हो । नेदरल्यान्ड्सविरुद्ध चेकलाई जित दिलाउन प्याट्रिक सिक र टोमस होलेसले गोल गरे ।

गएराति भएको अन्तिम १६ को खेलमा विश्व नम्बर एक बेल्जियमले पोर्चुगललाई १(० ले पराजित गरेको हो । २०१६ को विजेता पोर्चुगल भने पहिलो पटक क्वाटरफाइनल पुग्न असफल भएको छ । सेभियास्थित ला कार्टुजा स्टेडियमा भएको खेलमा हाजार्डले एक मात्र गोल गरे ।

खेलको ४२ औं मिनेटमा हाजार्डले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले थोमस मुनिएले उपलब्ध गराएको पासमा गोल गरेका हुन् । पहिलो पटक युरोकप जित्ने लक्ष्यमा रहेको बेल्जियमले अब क्वाटरफाइनलमा एक पटकको विजेता इटलीसँग प्रतिस्पर्धा गर्नेछ ।